Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पर्यटनमन्त्री आलेद्धारा धनगढी विमानस्थलको स्तरोन्नति कार्यको शिलान्यास

    पर्यटनमन्त्री आलेद्धारा धनगढी विमानस्थलको स्तरोन्नति कार्यको शिलान्यास

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 3.1K
    SHARES

    कैलाली । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नति कार्यको शिलान्यास गरेका छन् ।

    उनले धनगढी विमानस्थल परिसरमा आयोजित कार्यक्रमका बीच स्तरोन्नतिको निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।



    उक्त स्तरोन्नति अन्तरगत टर्मीनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण हुने मन्त्रालयले जनाएको छ ।



    ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट १ अर्ब बजेट छुट्याएको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले धनगढी विमानस्थल विस्तारका लागि यसअघि एक अर्ब बजेट विनियोजन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार