Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • विमानस्थलमा यात्रुमाथि कुटपिट गर्ने प्रहरी हवल्दार कारबाहीका लागि सिफारिस

    विमानस्थलमा यात्रुमाथि कुटपिट गर्ने प्रहरी हवल्दार कारबाहीका लागि सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 804
    SHARES

    धनगढी । धनगढी विमानस्थलमा यात्रुलाई कुट्ने प्रहरी हवल्दारमाथि कारबाही गर्न सिफारिस गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीको नेतृत्वमा गठित छानबिन समितिले प्रहरी हवल्दार कृष्ण पाण्डेलाई कारबाही गर्न सिफारिस गरेको हो।



    गत शनिबार कञ्चनपुरको बेल्डाँडी घर भएका नरेश गिरीलाई विमानस्थलको सुरक्षा पोस्टभित्रै लगेर हवल्दार पाण्डेले हातपात गरेको आरोप लागेको थियो।



    आफूलाई पाण्डेको समूहले कुटपिट गरेको गिरीले आरोप लगाएका थिए। कुटपिटबाट गिरीको आँखामा चोट लागेर सुन्निएको थियो। प्रहरी हवल्दार पाण्डेले गिरीमाथि हातपात गरेको सीसी टिभी फुटेजमा देखिएकाले

    उनले आफ्नो व्यवसायिक धर्म ननिभाएको भन्दै विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको कर्मचारी प्रशासन शाखामा सिफारिस गरिएको जिल्ला प्हरी कार्यालय कैलालीले जनाएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार