Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जहाज अवतरण गर्दा विमानस्थलको रनवेमा स्याल प्रवेश गरेपछि…

    जहाज अवतरण गर्दा विमानस्थलको रनवेमा स्याल प्रवेश गरेपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 801
    SHARES

    धनगढी । धनगढी विमानस्थलको रनवेमा स्याल प्रवेश गरेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ ।

    काठमाडौंबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको हो ।



    जहाजले धनगढीको आकाशमा करीब दुई मिनेटसम्म फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।



    अन्य प्राविधिक समस्या नभएर रनवेमा स्याल प्रवेश गरेका कारण जहाले आकाशमा फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ।

    विमानस्थल कार्यालयकाअनुसार बेलाबखत ग्राउण्डमा स्याल प्रवेश गर्दा समस्या हुने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार