Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विमानस्थल सुरक्षामा खटिएका प्रहरीबाटै कुटिए यात्रु

    विमानस्थल सुरक्षामा खटिएका प्रहरीबाटै कुटिए यात्रु

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 1.3K
    SHARES

    धनगढी । धनगढी विमानस्थलमा प्रहरीबाट एक युवक कुटिएका छन् । विमानस्थलको सुरक्षामा खटिएका प्रहरीबाट कञ्चनपुरको बेल्डाडीका नरेश गिरी कुटिएका हुन् ।

    प्रहरी वरिष्ठ हवल्दार कृष्णबहादुर पाण्डेयको टोलीले आफूमाथि आक्रमण गरेको उनले बताए।



    उनका अनुसार प्रहरीले विमानस्थलको काउन्टरबाट घिसारेर उनलाई त्यहाँका प्रहरी इन्चार्ज सईको कार्यालयभित्र चुकुल लगाएर ४ जना प्रहरीहरुले निर्घात कुटपिट गरेको आरोप लगाएका छन्।



    उनले प्रहरीले कुटेर आँखामा चोट लागेको बताएका छन्।

    विमानस्थलमा पुगेर उनले चेकजाँच गराए। चेकजाँचको क्रममा उनीसँग नगद ५ लाख भेटियो। त्यसपछि प्रहरीले जहाजमा सुरक्षाका हिसाबले एक लाखभन्दा बढी रकम लैजान नमिल्ने बताएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार