Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने पूर्वमन्त्री आलेको घोषणा

    भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने पूर्वमन्त्री आलेको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 942
    SHARES

    डोटी । पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परि ज्यान गुमाएका ६ जनाका परिवारहरुलाई एक लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

    बुधबार बिहान गैरागाउँ पुगेका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई राहतसहित आवश्यक काज किरियामा सहयोग पुगोस् भनेर जनही २५ हजारका दरले एक लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।



    आफूले घोषणा गरेको रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने उनले जानकारी दिएका छन् ।



    भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाइते भएका छन् ।

    भूकम्पका कारण ८ घर पूर्णरुपमा क्षति भएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार