Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • डोटीबाट एकीकृत समाजवादीका प्रेम आले विजयी

    डोटीबाट एकीकृत समाजवादीका प्रेम आले विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 669
    SHARES

    फाइल फोटो

    डोटी । डोटीबाट नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन् ।

    बिहीबार बिहान मतगणना सम्पन्न हुँदा आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।



    सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे। एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए।



    राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशीले १०४ मत प्राप्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार