Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

देशभर वर्षा

काठमाडौँ । अहिले देशभर वर्षा भइरहेको छ । प्रदेश १, वाग्मती र सुदूरपच्चिम प्रदेशका विभिन्न ठाउँमा अत्यधिक वर्षा भएको छ ।

विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पनि देशभर पानी परेको थियो । काठमाण्डौ र आसपासका क्षेत्रमा अहिले पानी पर्न रोकिएको तर केहीबेरमै फेरि पानी पर्ने प्रणाली सक्रिय भइरहेको महाशाखाले जनाएको छ।

भोलिसम्म नै मौसम बद्ली भएर पानी पर्ने र मौसम खुल्ने सम्भावना छैन । आज दिउँसोपछि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077