Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी फाइनलमा

एजेन्सी । म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।

मंगलबार राति भएको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई २–० गोलले हराउँदै सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

सिटीका लागि रियाद महरेजले दुई गोल गरे । पहिलो लेगमा २–१ ले विजयी भएको सिटी दोस्रो लेगमा पनि २ गोल गर्दै समग्रमा ४–१ गोलका साथ फाइनलमा पुगेको हो । खेलमा गोल गर्ने केहि उत्कृष्ट मौका पाए पनि पीएसीजीले सदुपयोग गर्न सकेन ।

खेलको अन्तिमतिर डि मारियाले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । सिटीले अब उपाधिको लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासँग मे २९ तारिखमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077