Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कार्ल मार्क्सलाई सम्झदै प्रचण्डले भने -नेपाली मोडेलको समाजवाद स्थापना जरुरी छ

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता भएको बताएका छन् । अध्यक्ष प्रचण्डले प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै अग्रगमनकारी शक्तिहरु एक जुट हुनुपर्नेमा उनले जोड दिएका हुन् ।

आज पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कार्ल मार्क्सको २०३ औं जन्मदिनका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै यस्तो भनेका हुन् ।

सो अवसरमा प्रचण्डले संसारभरका सम्पूर्ण वामपन्थी सर्वहारावादी कम्युनिष्ट क्रान्तिकारीहरुमा शुभकामना व्यक्त गर्दै कार्ल माक्र्सले आविष्कार गरेको वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान विश्व मानव समुदायका लागि गतिलो वैचारिक हतियार बनेको कुरा सिद्ध भइसकेको उल्लेख गरेका छन् ।

प्रचण्डले शुभकामनामा  माक्र्सले प्रतिपादन गर्नुभएको माक्र्सवादभन्दा अगाडि शासक वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र श्रमजीवि वर्ग शासित हुन बाध्य हुन्छ भन्ने मान्यता स्थापित भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077