Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई रामकुमारी झाँक्रीले हामी त डुब्छौ नै तिमीलाई पनि लिएरै डुब्छौँ भनेपछि...



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले बुधबार बिहान समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै अल्मपतमा परेका प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनबाट विश्वासको मत लिँदैछन् । तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्ने देखिन्छ।

यस्तै, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका माधव नेपाल पक्षका २१ सांसदले सयुक्त रुपमा राजिनामा दिने तयारी थालेका छन्।

गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन गरेपश्चात् अध्यक्ष ओलीसंग अलग रहेका पार्टीका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आगामी बैशाख २७ गते ओलीविरुद्द विश्वासको मत रोक्ने तयारी गरेको स्रोतले बताएको छ।

यसैबीच, एमालेकी नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीलाई घुमाउरो पाराले दम्भ, अहंकार र जिद्दी छोड्न आग्रह गरेकी छिन् ।
आज माओवादी केन्द्रले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको सम्रथान फिर्ता गरेसँगै प्रतिनिधिसभाको सांसद समेत रहेकी झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो भनेकी हुन्।

उनले लेखेकी छिन्,'हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड। हिन्दीमा एउटा कहावत छस् हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।'

https://www.facebook.com/jhakri.rk/posts/10158194872520814



प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077