Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रूपन्देहीमा एकैदिन १३ कोरोना संक्रमितको मृत्यु

    रूपन्देहीमा एकैदिन १३ कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 1.4K
    SHARES

    बुटवल – रूपन्देहीमा बुधबार एकैदिन १३ कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार ५८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ४ हजार ९५५ पुगेको छ । हालसम्म मृत्यु हुनेको संख्या २३३ पुगेको छ। सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २५५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।



    त्यस्तै सिद्धार्थनगर नगरपालिकामा ६७ जना, तिलोत्तमा नगरपालिकामा १३६ जना, सियारीमा ५, देवदहमा ३६, गैडहवामा ३ र मायादेवीमा ३ जनामा संक्रमण देखिएको छ।



    त्यस्तै सैनामैनामा ३३ जना, ओमसतियामा ७ जना, कञ्चनमा १२ जना, रोहिणीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन गाउँपालिकामा १३ जना र कोटहिमाई गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको हो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार