Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यार्सागुम्बा संकलकको लेक लागेर मृत्यु

    यार्सागुम्बा संकलकको लेक लागेर मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 2K
    SHARES

    डोल्पा – डोल्पामा जुम्लाका एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । यार्सागुम्बा संकलन गर्न जगदुल्ला पाटन पुगेका जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको हो ।

    लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।



    त्यस्तै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका चार जनालाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । लुकीछिपी पाटन गएर यार्सागुम्बा सङ्कलन गर्न लागेको पाएपछि निकुञ्जको गस्ती टोली त्रिपुरासुन्दरी नगरपालिकाको भोक्पा र भान्का गएर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।



    निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खनालका अनुसार पक्राउ पर्ने सबै जुम्लाका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार