Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हिँडेरै हेलिकप्टर चढेका कोरोना संक्रमित राजुको आकाशमै गयो ज्यान

कैलाली। जिल्लाको हसनपुरका ४५ वर्षीय राजु श्रेष्ठको हेलिकप्टरभित्रै मृत्यु भएको छ।

एक साताअघि कोरोना संक्रमण भएका राजुलाई सुदुरपस्चिमका अस्पतालहरुमा अक्सिजनको अभाव भएपछि थप उपचारका लागि परिवारले काठमाडौँ लैजाने निधो गरे।

पारिवारिक स्रोतका अनुसार अनेकौ प्रयास गरेपछि बल्लतल्ल सिम्रिक एयरको हेलिकप्टर १० लाख रुपैयाँमा श्रेष्ठलाई काठमाडौं लैजानका लागि राजि भयो र धनगढी आउन तयार भयो ।

शनिबार बिहान ११ बजे धनगढीबाट बिरामी श्रेष्ठलाई बोकेर काठमाडौं उडेको हेलिकप्टरभित्रै उनको मृत्यु भएको हो।

धनगढीबाट हिँडेरै हेलिकप्टरमा चढेको बिरामीको एकाएक मृत्यु हुन नसक्ने भन्दै उनका परिवारले हेलिकप्टरमाथि दोष लगाएका छन् ।

परिवारजनले उनलाई ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा लैजाने गरी हेलिकप्टरको व्यवस्था गरेका थिए । तर, हेलिकोप्टरले भने कपनस्थित करुण अस्पतालमा लागेको थियो ।

हेलिकप्टरमा रेस्क्यु गर्ने डाक्टरको टिम नै गतिलो नभएका कारण आकाशमा अक्सिजनको फ्लो मिलाउन नसकेर बिरामीको मृत्यु भएको हुनसक्ने भन्दै परिवारजनले छानबिनको माग गरेका छन् ।

यता हेलिकोप्टर कम्पनीले भने धनगढीदेखि काठमाडौंको उडान २ घण्टा १५ मिनेट भएको जनाएको छ । कोभिड संक्रमित बिरामीको अवस्था कतिखेर के हुन्छ भन्न नसकिने भन्दै घटनाबारे डाक्टरहरूसँग बुझ्ने काम भइरहेको कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077