Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौँसहित अधिकांश ठाउँमा वर्षा

    काठमाडौँसहित अधिकांश ठाउँमा वर्षा

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश ठाउँमा वर्षा भएको छ । पहाडी क्षेत्रका धेरै ठाउँमा आज बिहानैदेखि मेघ गर्जनसहित पानी परेको थियो । ।

    वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परेको छ । तराईका जिल्लामा पनि पानी पर्ने सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर मौसम बद्ली भएको छ ।



    प्रि मनसुनसँगै पश्चिमी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव परेकाले देशभरको मौसम बद्ली भइ केही ठाउँमा पानी परिरहेको हो । पानी पार्ने प्रणाली बन्दै फेरि सर्ने भएकाले एकै ठाउँमा लगातार पानी भने पर्ने छैन । आज राति केही क्षेत्रमा चट्याङसहित पानी पर्ने अनुमान छ ।
    मंगलबार र बुधबार देशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार