Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अन्तत : ओलीले भने - आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरुलाई  हतारमा कुनै निर्णय नगर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीविरुद्द संसदमा असन्तुष्ट रहेका पार्टीका सांसदहरुले विश्वासको मत रोक्नका लागि सामूहिक राजिनामा दिन लागेको बेला अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन्।

ओलीले सामाजिक सञ्जालमार्फत् पार्टीभित्र आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने भन्दै त्यस्तो कार्य नगर्न आग्रह गरेका हुन्।

उनले आज दिउँसो १ बजे प्रतिनिधिसभाको विशेष अधिबेशन र बैठक बस्दै गर्दा सबैलाई आफ्नो पक्षमा मत हाल्न आग्रह समेत गरेका छन्।

उनले लेखक छन्, 'नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।

तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।'

https://www.facebook.com/UMLprezKPSharmaOli/posts/1849880361859320

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077