Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओलीले कारवाही गरे नयाँ पार्टी गठन गर्ने नेपाल पक्षको चेतावनी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरे नयाँ पार्टी गठन गर्ने चेतावनी दिएको छ।

आज संसदमा प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतविरुद्ध उभिएको एमालेको नेपाल पक्षले पार्टीको ह्विप विपरीत आफ्नो पक्षका सांसद संसदमा अनुपस्थित हुने निर्णय गरिसकेको छ।

आज दिउँसो संसदमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने कार्यसूची छ।

यसैबीच, नेपाल पक्षका सांसद मेटमणि चौधरीले पार्टी अध्यक्ष ओलीले कारवाही गरे अलग्गै पार्टी बनाउने बताएका छन् । चौधरीका अनुसार हिजो माधव नेपालले ओलीनिकट विष्णु पौडेल र सुवास नेम्वाङलाई पनि कारवाही भए नयाँ दल खोल्नसक्ने ब्रिफिङ गरेका थिए।

यस्तै, प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर तुल्याउनु हो भन्दै नेता भिम रावलले ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेको बताए ।

नेपालको संविधान मिचेर ओलीले प्रतिनिधिसभाको विघटन गरेको, विश्वासको मत दिने दिने एकदिन अघिमात्र अध्यादेश जारी गरेको, संवैधानिक परिषद्को बैठक बोलाएर असंवैधानिक निर्णय गरेको रावलको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077