Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महिलामाथि कुटपिट गरेको आरोपमा माओवादीका पूर्वसभासद सागर पक्राउ

काठमाडौं । महानगरीय प्रहरी बिट वौद्धले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका नेता एवं पहिलो संविधानसभाका सभासद चन्द्रबहादुर थापा ‘सागर’लाई पक्राउ गरेको छ।

वाईसीएलका पूर्व उपत्यका इन्चार्ज समेत रहेका सागरलाई महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सागरमाथि एक महिलाले गालीगलौज, झगडा र कुटपिटसम्मको आरोप लगाएको बौद्धका डीएसपी नविन कार्कीले बताए। कार्कीका अनुसार सामाजिक सञ्जालमा एकले अर्कोलाई गाली गर्ने भइरहेको रहेछ । छलफलका लागि बोलाइएको हो।

प्रहरीका अनुसार पूर्वसभासद सागरमाथि यसअघि पनि पटकपटक उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077