Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कृष्णबहादुर थापाले बागलुङबाट गरे भण्डाफाेर ! सूर्य थापा भन्छन् - प्यारीको नौटंकी पनि देखियो

काठमाडौँ। गण्डकी प्रदेशसभा सदस्य एवं राष्ट्रिय जनमोर्चा पार्टीका संसदीय दलको नेता कृष्ण थापालाई दलको नेताबाट हटाइएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले आपत्ति जनाएका छन्।

थापालाई आज बसेको पार्टीको निर्णय अनुसार गठबन्धनको पक्षमा हस्ताक्षर गर्न नमानेपछि दलको नेताबाट हटाईएको राजमोकी सचेतक पियारी थापाले बताएकी थिइन्।

आफुलाई दलको नेताबाट हटाईसकेपछि बाग्लुङ पुगेका थापाले एक बिज्ञप्ति सार्वजनिक गर्दै गैरकानुनी रुपमा कारवाही गरिएको भन्दै हालको सरकार निर्माण प्रक्रियामा तटस्थ बस्ने बताएका छन्।

यी सबै गतिबिधि काठमाडौँबाट नियालेका एमालेका नेता थापाले राजमोको निर्णय र कृष्ण थापाको विज्ञप्तिलाई सामाजिक संजालमा स्थान दिँदै सचेत पियारीले थापालाई हटाउन नौटंकी गरेको आरोप लागेका छन्।

'खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो'मा देखाइएको चित्रकथा ! भन्दै बाग्लुङ बाट थापाले भण्डाफोर गरेको उल्लेख गरेका छन्।

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै सल्लाहकार थापाले उक्त जनमोर्चाले गरेको निर्णय गैरकानुनी भएको टिप्पणी समेत गरेका छन्।

https://twitter.com/ThapajiSurya/status/1392426834747224068

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077