Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओली-नेपाल भेटवार्ताबारे रामकुमारी झाँक्री भन्छिन् - ठोस प्रस्तावबिना संवादको अर्थ छैन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले ठोस प्रस्ताव बिनाको संबादको कुनै अर्थ नभएको भन्दै अलमलमा पर्न नहुने बताएकी छिन्।

अहिले बुढ़ानीलककण्ठमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेता माधवकुमार नेपालबीच वार्ता भैरहंदा नेत्री झाँक्रीले यस्तो बताएकी हुन्।

सामाजिक सञ्जालमा झाँक्रीले जनता लोकतन्त्र र संबिधान रक्षाको लागि आफूहरुको अगाडि एकमात्र विकल्प बिद्रोह रहेको उल्लेक्झ गरेकी छिन्। आफूहरुको आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्ने भन्दै सचेत हुन चेतावनी समेत दिएकी छिन्।

उनले लेखेकी छिन्, 'ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।'

https://www.facebook.com/jhakri.rk/posts/10158212464275814

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077