Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पर्सामा कोरोनाको भयावह, दिनभरीमा थप ९ जनाको मृत्यु

    पर्सामा कोरोनाको भयावह, दिनभरीमा थप ९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 1.5K
    SHARES

    फाइल तस्बिर

    पर्सा। जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

    बिहीबार वीरगन्जका विभिन्न अस्पतालमा गरी ९ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी दिए।



    श्रीवास्तवका अनुसार नारायणी बयोधा अस्पतालमा १२ बजेर ५१ मिनेटमा वीरगन्ज १० का ७८ वर्षीय पुरुषको, नारायणी अस्पतालमा बिहान ३ बजेर ३० मिनेटमा वीरगन्ज २६ की ४५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।



    त्यस्तै, आज बिहान २ बजेर १६ मिनेटमा स्पर्श मल्टी स्पेशिलिटी अस्पतालमा वीरगन्ज २१का ५६ वर्षीय पुरुष, बिहान ५ बजे भवानी अस्पतालमा वीरगन्ज १ का ६५ वर्षिय पुरुष,भवानी अस्पतालमै पर्सा पोखरिया नगरपालिका १० की ६५ वर्षीया महिला,ने, नारायणी शनल मेडिकल कलेजमा बिहान ४ बजे वीरगन्ज २६ की ५० वर्षीया महिलाको मृत्यु भएको हो ।

    यसैगरी, नारायणी अस्पतालमा दिउँसो १ बजेर ३० मिनेटमा वीरगन्ज ५ की ६० वर्षीया महिलाको, दिउँसो ३ बजेर ३० मिनेटमा वीरगन्ज १५ की ५५ वर्षीया महिला र नेशनल मेडिकल कलेजमा ४ बजेर १० मिनेटमा वीरगन्ज १५ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार