Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कोरोनाको ‘हटस्पट’ बन्दै वीरगन्ज, पछिल्लो २४ घण्टामा मात्रै १३ जनाको मृत्यु

    कोरोनाको ‘हटस्पट’ बन्दै वीरगन्ज, पछिल्लो २४ घण्टामा मात्रै १३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 1.4K
    SHARES

    फाइल तस्बिर

    पर्सा । जिल्लामा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

    हिजो बिहानदेखि आज बिहानसम्मको रिपोर्ट अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा सो संख्यामा संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएका छन् ।



    मृत्यु हुनेमध्ये नारायणी अस्पतालमा मात्रै ८ जना रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताए ।



    यस्तै, वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

    मृतकमध्ये पर्साका ४, बाराका ७, रौतहटका १ र एक जना भारतीय नागरिक पनि छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार