Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ओमिक्रोनको त्रास: वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

    ओमिक्रोनको त्रास: वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    पर्सा । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।

    भारतबाट नेपाल प्रवेश यात्रुलाई गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेशकुमार ढकालले जानकारी दिए ।



    जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० को निर्णय अनुसार भारतबाट आउनेलाई सबैलाई अनिवार्य स्वाथ्य परीक्षण गर्नुपर्ने सहायक सीडीओ भीमकान्त पौडेलले जानकारी दिए । उनका अनुसार वीरगञ्जको शङ्कराचार्य गेटमा आवागमनमा कडाइ गर्नुका साथै स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो ।



    नेपाल र भारत दुवै देशमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्तीे वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।

    भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनःजिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका सीडीओ ढकालले जानकारी दिए ।

    यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीरगञ्जस्थित सूर्य हस्पिटलले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार