Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • वीरगंजमा बिहीबारदेखि निषेधाज्ञा

    वीरगंजमा बिहीबारदेखि निषेधाज्ञा

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 3K
    SHARES

    पर्सा। जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले आगामी बिहीबार वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ।

    आज बसेको डीसीसीएमसीको बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।



    यस्तै आजको बैठकले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्ड भित्र रही कोरोना संक्रमितको उपचार गर्ने गराउन अनुरोध गर्ने निर्णय गरेको छ।



    त्यस्तै, सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको व्यवस्थापनका लागि ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर स्थापना गर्ने र त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने, कम्तीमा २०० बेड क्षमतासम्मको कोभिड–१९ संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पताल स्थापना एवं सञ्चालन गर्ने व्यवस्थाका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको पौडेलले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार