Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • वीरगञ्जमा कोरोना त्रास बढ्दो, ११२ को परीक्षण गर्दा ८८ जनामा कोरोना

    वीरगञ्जमा कोरोना त्रास बढ्दो, ११२ को परीक्षण गर्दा ८८ जनामा कोरोना

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 3K
    SHARES

    वीरगञ्ज । पर्साको वीरगञ्जमा ११२ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमित हुनेमा जनकपुरको अस्थायी इजलासका दुई न्यायाधिश समेत रहेका छन् । उच्च अदालतका अन्य १२ कर्मचारीमा समेत संक्रमण देखिएको छ ।



    बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शंकास्पद व्यक्तिहरुको स्वाबको नमुना परीक्षण गरिएको थियो । संक्रमितमध्ये २४ महिला छन् ।



    पर्साका ७९, बाराका ७ तथा रौतहट र रुकुमका १÷१ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । पर्साका ७९ संक्रमितमध्ये ७६ जना वीरगञ्जका तथा ३ जना बहुदरमाई नगरपालिकाका छन् ।

    पछिल्लो समय भारतबाट घर फर्किनेहरु कोरोनाबाट बढी संक्रमित हुने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार