Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एमाले विवाद समाधानतर्फ गएको भन्दै माधव नेपालले भने - राजिनामा पछि सर्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदको राजीनामा केही दिन पछि सरेको बताएका छन् ।

आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि नेता नेपालले राजीनामाको कुरा केही दिनलाई पछि सरेको बताएका हुन्।

एमाले विवाद समाधानतर्फ अघि बढेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आजको छलफल सकारात्मक रहेको बताए।

'छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसला अनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ,’ नेता नेपालले भने ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077