Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महामारीमा कोरोना पीडितसँग बढी भाडा असुल्ने एम्बुलेन्स चालक पक्राउ

    महामारीमा कोरोना पीडितसँग बढी भाडा असुल्ने एम्बुलेन्स चालक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 2K
    SHARES

    पर्सा ।  एम्बुलेन्स चालकहरूले कोभिड-१९ सङ्क्रमणको विषम परिस्थितिको फाइदा उठाउने मनसायले सङ्क्रमित व्यक्ति तथा  सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुल गरिरहेको  प्रहरीले नै खुलासा गरेको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साले आज २ जना एम्बुलेन्स चालकहरूले सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरिरहेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालेको छ।



    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी ओम प्रकाश खनालका अनुसार पक्राउ पर्नेहरुमा पर्सा घर भएका ३५ वर्षका कमरुदिन रायभर र २२ वर्षका वीरबल मुखिया रहेका छन् ।



    प्रहरी टोलीले  ना.२.च.३२५६ र ना.३ च. ८१९९ नं. का २ वटा एम्बुलेन्ससहित रायभर र मुखियालाई  नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट नियन्त्रणमा लिई कालाबजारी गरेको अभियोगमा अनुसन्धान भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार