Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सीसीएमसी बैठकबारे परराष्ट्रमन्त्री भन्छन् - स्वास्थ्य संकटकाल लगाएर केही अर्थ हुँदैन

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले महामारीविरुद्ध लड्न थप कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ ।

आज सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली समेतको सहभागितामा बसेको सीसीएमसी बैंठकले महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी गर्न थप कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको हो।

बैठकमा कोरोना संक्रमण रोकथाम तथा उपचारको लागि स्वास्थ्य संकटकाल लगाउने विषयमा समेत छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार स्वास्थ्य संकटकाल लगाउँदा हुने सहजता र असहजताबारे छलफल भएको छ, तर, अहिले संक्रमण रोग ऐनले नथामेको, गर्न नसकेको के के काम चाहिँ स्वास्थ्य संकटकाल लगाए हामीलाई सजिलो हुन्छ भन्ने बारेमा अध्ययन भइरहेको छ । 'रिजल्ट आउने हो भने संकटकाल आवश्यक हुन्छ। नत्र स्वास्थ्य संकटकाल लगाएर केही अर्थ हुँदैन,' मन्त्री ज्ञवालीले भने।

बैठकमा आवश्यक स्वास्थ्य सामग्री आयात गर्न कानुन संशोधन गरेर वा क्विक रेस्पोन्स टिम गठन गरेर भएपनि प्रक्रिया अघि बढाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ रहेको ज्ञवालीले बताए।

पछिल्लो समय देशभर दैनिक ८ हजार भन्दाबढी कोरोना संक्रमित थपिरहेका छन भने दैनिक २ सयको हाराहारीमा मृत्यु भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077