Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भारतको पश्चिम बंगालमा कोरोना संक्रमण उच्च, काँकडभिट्टा नाका पूर्णरुपमा बन्द

झापा। नेपालको पूर्वीसीमा नाका काँकडभिट्टा नाका आजदेखि १५ दिनका लागि पूर्णरुमा बन्द गरिएको छ।

भारतको पश्चिम बंगालमा कोरोना संक्रमण दर तीव्र रुपमा फैलिदै गएपछि पश्चिम बंगाल सरकारलेनै नाका पूर्णरूपमा बन्द गर्ने जानकारी गराएसँगै आजदेखि उक्त नाका पूर्णरुपमा बन्द गरिएको हो।

पश्चिम बंगाल सरकारले जेठ २ गतेदेखि १६ गते बिहान ६ बजेसम्मका लागि नाका बन्द रहने जानकारी पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिए ।

योबीचको अवधिमा औषधि, खाद्यान्न, डिजेल, पेट्रोल, एलपी ग्याँस तथा अक्सिजन बुलेटबाहेक अन्य कुनै पनि सामान र सवारी आवतजावत हुने छैन।

भारतीय पक्षले नेपाली तथा भारतीय नागरिक तथा अन्य सबै प्रकारका सवारी साधनसमेतलाई आवतजावतमा पूर्ण रोक लगाइदिन भनेपश्चात् आजबिहानदेखि नाका पूर्णरुपमा बन्द गरिएको डीएसपी थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077