Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रातारात ओलीसँगको भेटबारे बाबुरामको प्रश्न - राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले बजेट पास गर्न नसक्ने उल्लेख गरेका छन्।

मंगलबार बिहान समाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वअर्थमन्त्री समेत रहेका डा। भट्टराईले एकातिर कोरोना महामारी अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश संकटमा फस्न लागेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट पास गर्न नसक्ने उल्लेख गरेका हुन्।

वर्तमान अवस्थामा संविधानका स्तम्भ एकएक गरी ढल्दै गरेको र पार्टीरनेताहरु निरीह बनेका कारण राष्ट्रिय एकताको कुरा गर्नु अपराध जस्तै भएको टिप्पणी गरेका छन्। अध्यक्ष भट्टराईले केहीदिन अघि प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय एकताको सरकारको बनाउने माग गरेको भन्दै समाचारहरु बाहिर आएपछि उनले यस्तो बताएका हुन्।

उनले लेखेका छन्, 'देश गम्भीर संकटमा फस्दैछ।एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न बैकल्पिक सरकार बन्न!संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्!सबै पार्टी/नेता निरीह!सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ?'

https://twitter.com/brb1954/status/1394502230129086465

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077