Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभाको उपनिर्वाचनमा बादललाई मतदान गर्न ओलीको अपील (पूर्णपाठ)

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न अपील गरेका छन् ।

आज एक अपिल जारी गर्दै अध्यक्ष ओलीले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पंक्तिलाई अपिल गरेका हुन् ।

गृहमन्त्री समेत रहेका बादल एमालेको पार्टीको साझा उम्मेद्वार भएकाले पार्टी निर्णय विपरीत मतदान नगर्न ओलीले चेतावनी समेत दिँदै भनेका छन् उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने अपिलमा उल्लेख छ ।

आगामी जेठ छ गते अर्थात् भोलि बिहीबार बाग्मती प्रदेशस्तरिय राष्ट्रियसभाको चुनाव हुँदैछ। नेकपा एमालेको तर्फबाट ‘बादल’ र बिपक्षी गठबन्धन (माओबादी -कांग्रेस)बाट खिमलाल देवकोटाले उमेद्वारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077