Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • चितवनमा कोरोनाको भयावह : एकैदिन २० जना संक्रमितको मृत्यु

    चितवनमा कोरोनाको भयावह : एकैदिन २० जना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल तस्बिर

    चितवन। जिल्लाका अस्पतालमा उपचारका क्रममा २० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने ६ जना चितवनका र अन्य बाहिरी जिल्लाका रहेका छन् ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा ७, चितवन मेडीकल कलेजमा ५, पुरानो मेडीकल कलेजमा ५ र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन जना सङ्क्रमितको मृत्यु भएको हो । कोरोनाका कारण जिल्लाका अस्पतालमा मृत्यु हुनेको सङ्ख्या यो अहिलेसम्मकै उच्च हो ।



    कार्यालयका अनुसार केही दिन अघि मात्रै एकै दिन १८ जनाको मृत्यु भएको थियो । कोरोना सङ्क्रमणका कारण यहाँका अस्पतालमा मकवानपुर, बारा, पर्सा, रौतहट, तनहुँ, धादिङ्, गोरखा, काठमाडौं, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, नवलपरासी, प्यूठान, नुवाकोटलगायतका जिल्लाबाट उपचारका लागि आउने गर्दछन् ।



    कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार यहाँका अस्पतालमा ५ सय २१ जनाको उपचार भइरहेको छ जसमध्ये २ सय ६० जनाको सघन उपचार कक्षमा उपचाररत छन् । ५९ जनाको एचएफएनसी, ९६ जनाको एचडियू र १ सय ६५ जनाको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । यहाँका अस्पतालबाट ५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार