Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेद्वारा पार्टीको निर्देशन विपरित विपक्षमा मतदान गर्ने जनप्रतिनिधिमाथि भर्त्सना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले बाग्मती प्रदेशस्तरिय राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्दै विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलापमाथि भर्त्सना गरेको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको बारेमा गम्भीर छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकरी दिएका छन्।

पार्टीविरोधी गतिविधि र पार्टीको विरुद्धमा मतदान गर्ने प्रवृत्तिको भर्त्सना गरेको र यो घटनालाई क्षम्य मान्न सकिदैन, प्रवक्ता ज्ञवालीले भने। कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने उनको भनाइ छ।

त्यस्तै, बैठकले कोभिड १९ विरुद्धको लडाई जित्न तीनै तहको सरकारलाई एकीकृत रुपमा परिचालन गर्न सुझाव समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077