Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति र प्रधानमन्त्री मिलेर फेरी संविधानमाथि जालसाजी गरे : काँग्रेस नेता लेखक

काठमाडौं । नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारी  र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर फेरी एक पटक संविधानको खिल्ली उडाएको वताएका छन्।

प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मतकालागि नगई वा म विश्वासको मत लिन सक्दिन भनी राजीनामा नगरि धारा ७६ (५) को सरकारकाे प्रक्रिया शुरू हुन नसक्ने नेता लेखकले जिकिर गरेका छन् ।

नेता लेखकले भने, 'राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर फेरि एक पटक संविधानको खिल्ली उडाउनु भयाे । प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मतकालागि नगई वा म विश्वासको मत लिन सक्दैन भनी राजीनामा नगरि धारा ७६ (५) को सरकारकाे प्रक्रिया शुरू हुन सक्दैन । राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि जालसाजी गरेका छन । यो काम घाेर अलाेकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र अनैतिक हाे । उहाँहरूले संविधानमाथि गरिरहेकाे अपराधकालागि ईतिहासमा जवाफ दिनु पर्ला ।'

आज बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति  भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी  थिइन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077