Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मध्यरातमा महतोसहित शितल निवास पुगेका ठाकुर भन्छन् - चिया खान गएका थियौँ

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरु राष्ट्रपति भवन शितल निवासमा चिया खान गएको बताएका छन्।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको लागि केही घण्टाको समय दिएपछि जसपाका अध्यक्ष ठाकुर र राजेन्द्र महतो, प्रधानमन्त्री केपी शर्मा ओली रातको ११ बजे राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए।

सत्ता टिकाउन ओलीले गरे मध्यरातमा ठाकुर र महतोसित गोप्य सम्झौता

आज बिहान सिंहरबारमा पत्रकारहरुसँग शीतलनिवास गएको खास कारण खुलाउन नचाहेका अध्यक्ष ठाकुरले भने, ‘चिया खानको लागि गएका थियौं।'

नयाँ सरकार गठनका लागि निर्णायक बन्दै आएको जसपामा दुई धार रहेको छ। अध्यक्ष थौक्र पक्ष ओली नेतृत्वकै सरकारलाई निरन्तरता दिने पक्षमा उभिएको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव ओलीलाई जसरी पनि हटाउनेमा लागि परेका छन्।

जसपा भित्रको आन्तरिक बैमनश्यताका कारण अन्य विपक्षी दलहरुलाई समेत सरकार गठनमा चुनौती थपिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077