Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महन्थ पक्ष न यता न उता, पुन: तटस्थ बस्ने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले फेरि पनि तटस्थ बस्ने बताएको छ।

जसपा स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने बताएको छ ।

यसअघि पनि गत बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने बेलामा पनि जसपाको महन्थ पक्ष तटस्थ बसेको थियो ।

नयाँ सरकार गठनका बिषयमा निर्णायक रहेको जसपाको महन्थ पक्षले ठोस निर्णय लिन नसक्दा बैकल्पिक सरकार गठनका लागि विपक्षी दलहरुलाई अप्ठ्यारो भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077