Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सांसदहरुलाई काठमाडौं छाडेर नजान महन्थको निर्देशन, ओलीलाई समर्थन गर्ने तयारी

काठमाडौँ। सिंहदरबारमा सम्पन्न जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर पक्षको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने मनस्थिति बनाएको छ।

अध्यक्ष ठाकुर पक्षको नेतृत्वमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई समर्थन मनस्थिति भएकाले आफ्ना सांसदहरुलाई काठमाडौँ छाडेर बाहिर नजान निर्देशन दिएको छ।

बैठकमा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पछिल्लो समय प्रधानमन्त्री ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए । माओवादी केन्द्र र नेपाली काँग्रेसले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन नमान्ने र मधेशको माग पनि पुरा नगर्ने तर प्रधानमन्त्री अ‍ोलीले मधेशको माग पुरा गरिरहेको हुनाले उनैलाई समर्थन गर्नु उचित हुने जसपा ठाकुर पक्षले निष्कर्ष निकालेको छ।

बैठकपछि महतोले भने, ‘सरकारलाई समर्थन गर्नुपर्यो भने प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने हो नभए तटस्थ बस्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077