Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माधव पक्षसहित १४९ जना सांसदद्वारा देउवालाई समर्थन, विपक्षी गठबन्धन शितल निवासतर्फ हिँडे

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर संकलन गरेको दाबी गरेको छ।

आज सिंहदरबारमा हस्ताक्षर गर्नेमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल पक्षका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र-बाबुराम पक्षका १३ जना समेत गरेर १४९ जना भएका छन्। नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ।

स्रोतका अनुसार उनीहरू सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा नयाँ सरकारका लागि दाबी पेश गर्नतर्फ लागेका छन्। नेपाली कांग्रेसका सभापति देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर चाहिने छ।

यसअघि बिहीबार बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077