Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बिवाईडीका ७७५ विद्युतीय गाडी नियन्त्रण प्रकरणः रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी जिम्मेवारीमुक्त

बिवाईडीका ७७५ विद्युतीय गाडी नियन्त्रण प्रकरणः रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी जिम्मेवारीमुक्त

शनिवार , जेठ २३, २०८३

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७ सय ७५ वटा विद्युतीय गाडीलाई नियन्त्रणमा लिएको प्रकरणमा प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारीलाई जिम्मेवारी मुक्त गरिएको छ ।

गत भदौ ३१ गतेदेखि सञ्चालनमा आएको कोरलानाकाबाट गत जेठको दोस्रो साता चिनियाँ कम्पनी बिवाईडीले ७७५ वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याएको थियो। 

भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा अनुसन्धानका लागि अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।     

सोही छानबिन समितिले गरेको सिफारिसअनुसार थप अनुसन्धानका लागि रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरेर भन्सार विभाग तानिएको हो।

यस्तै, मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका कारका सन्दर्भमा पनि अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले स्थलगत रुपमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।

स्थलगत अनुसन्धानका लागि शाक्य नेतृत्वको तीन सदस्यीय टोली हिजै बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

पैठारी गरिएका विद्युतीय सवारी र आयातकर्ता कम्पनीमाथि कासम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077