Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली ‘देशघाती जोडी’ भएको गगन थापाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देशघाती जोडी’को सज्ञा दिएका छन् । उनले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेकोपनि बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि नेता थापाले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह गर्दै नेता थापाले भनेका छन्–‘महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिनेवाला छैनन् नेतागण १ नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर गरौं।’

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै अगाडि भनेका छन्–‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद ! विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा ७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन ! कस्तो सेटिङ ! प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो। लिए !

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् । नेतागण १नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’

https://www.facebook.com/thapagk/posts/4123882024322345

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077