Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

देउवालाई प्रधानमन्त्री ओलीको प्रश्न : तपाई पनि भन्नु हुँदैन राष्ट्रपतिलाई ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रै नमान्ने नेपाली कांग्रेसले नै आफूलाई लोकतन्त्रको हिमायती बनेर नक्कली कुरा गरिहेको बताएका छन् ।

राष्ट्रपतिका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले भने–‘मैले आज प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको औपचारिक वक्तव्य हरेँ, राष्ट्रपतिलाई तपाईसम्म भन्न सभ्यता नेपाली कांग्रेसमा रहेन । तिमी, उनी, यसो गरिन् यस्तो भाषा बोलिएको छ ।’

शनिबार बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको ‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले उल्टै अन्य राजनीतिक दलहरुले नै देशलाई अराजकता र असभ्यतातिर लैजान खोजेको समेत आरोप लगाए

‘जनसिद्ध श्रेष्ठताको पाखण्डी सिद्धान्तका आधारमा कुनै नालयक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तो–कस्तो भाषा बोलेर निहुरिएर के–के भाषा बोल्ने यी मान्छेहरु । आज जनताका छोराछोरी सम्मानित पदमा पुगे भने सम्मान गर्नु हुँदैन भन्ने ठान्छन् । तपाई पनि भन्नु हुँदैन भन्ने ठान्छन् राष्ट्रपतिलाई ।’

प्रधानमन्त्री ओलीले अघि भने–‘अरु त चलेकै थियो । नेपाली कांग्रेसका सभापतिको पनि त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको ब्यापकता कहाँसम्मु पुगेछ भन्ने चाहिँ अचम्म लाग्यो ।’

प्रधानमन्त्री ओलीले सानालाई स्नेह गर्ने र ठूलालाई आदर सम्मान गर्ने नेपालीको मर्यादा भएको बताए । तर राजनीतिक रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६३ सालयताका १५ वर्षमा मानिसहरुलाई लगाएको बचन असभ्यता र संस्कारहिनताको पराकाष्टा भएको भन्दै प्रधानमन्त्री ओलीले भने–‘अहिलेको राजनीति त नेपाली कांग्रेसले पनि कसलाई गुरु थापेको हो मलाई अचम्म लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077