Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति-प्रधानमन्त्रीको विरोधमा प्रदर्शन गर्ने नेविसंघका नेता तथा कार्यकर्ता पक्राउ

काठमाडौं। संसद् विघटनका विरुद्धमा प्रदर्शन गर्ने नेविसंघका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायतका विद्यार्थीहरु रहेका छन्।

बानेश्वरबाट पक्राउ परेका उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै प्रदर्शन गरेका थिए ।

अध्यक्ष राजीव ढुंगानाले संसद् विघटनविरुद्ध सडकमा उत्रन निर्देशन दिएपश्चात् उनीहरुले दिउँसो प्रदर्शन गरेका थिए भने बेलुका मसाल जुलुस समेत निकालेर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दमन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077