Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महन्थले डाके कार्यकारिणी समिति बैठक, उपेन्द्रविरुद्दको एक्सनमा उत्रने तयारी

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक डाकेका छन्।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहित चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनले आफ्ना पक्षका कार्यकारिणी समितिको बैठक डाके हुन् ।

बबरमहलमा बसिरहेकाे बैठकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने-नहुने, अध्यक्ष उपेन्द्र यादव पक्षले गरेका निर्णय र उनी पक्षलाई कारबाही गर्नेलगायतका विषयमा छलफल गर्ने स्राेतले बताएकाे छ ।

यसअघि अध्यक्ष ठाकुरले जेठ ७ गते एक विज्ञप्ति जारी गरी कार्यकारिणी समितिको बैठक स्थगित भएको जानकारी गराएका थिए । त्यही दिन अध्यक्ष उपेन्द्र यादवले पनि विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077