Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

नागरिकता अध्यादेश प्रमाणीकरण भएपछि राजविराजमा दिपावली

सप्तरी। राष्ट्रिय जनाता पार्टी (जसपा) नेपालले नेपाल सरकारले नागरिकता अध्यादेश २०७८ प्रमाणीकरण भएको खुशीमा आज राजविराजमा मैनवती प्रज्वलन गरी स्वागत गरेका छन् ।

राजविराज स्थित गजेन्द्र चौक र शहिद दशन चौकमा जसपाका कार्यक्रताहरुले मैनवती प्रज्वल गरी खुशीयालि बनाएका छन् ।

यसैगरी नागरिता सम्बन्धी ल्याएको अध्यादेशलाई सप्तरीका नागरिक समाजका अगुवाहरुले स्वागत गरेका छन ।

राष्ट्रिय एकता अभियान नामक संस्थाले सप्तरी सदरमुकाम राजविराजमा मैनवती प्रज्वलन गरी अध्यादेशलाई स्वागत गरेको हो । .

संस्थाको केन्द्रीय उपाध्यक्ष सुनिता साहको अगुवाईमा समाजिक दुरी कायम गर्दै राजविराज स्थित गजेन्द्र चोकमा मैनवती प्रज्वलन गरी सरकारको निर्णयलाई स्वागत गरिएको जनाएको छ । .

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा जारी गरिएकको नागरिता अध्यादेशवाट जन्मसिद्ध नेपाली नागरिकका सन्तानले अब देखी नागरिता पाउने भएका छन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077