Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दुई वटा कम्पनीका हजारौं लिटर हानिकारक सेनिटाइजरसहित ३ जना पक्राउ

    दुई वटा कम्पनीका हजारौं लिटर हानिकारक सेनिटाइजरसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । काठमाडौं । महानगरीय प्रहरी परिसर टेकुले मापदण्ड विपरित हानिकारक रासायनिक पदार्थ मिसावट गरी सेनिटाईजर उत्पादन तथा बिक्री बितरण गर्ने दुईवटा कम्पनीमा छापामारी तीन जनालाई पक्राउ गरेको छ । आज दिउसो परिसरबाट खटिएको टोलीले बालाजु औद्योगिक क्षेत्र भित्र सञ्चालित उत्सब डिटर्जेण्ट एण्ड कस्मेटिक उद्योग र ठमेलमा सञ्चालित लामा समिप ईण्टरप्राईजेज प्रालिमा छापामारी अबैध सेनिटाइजर र सेनिटाइजर बनाउन प्रयोग गरिने रसायनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ घर भई हाल काठमाडौं–१३ ताहाचल बस्ने उत्सब डिटर्जेण्ट एण्ड कस्मेटिक उद्योग सञ्चालक महाविर प्रसाद अग्रवालको छोरा वर्ष ४३ को कमल अग्रवाल र सोही स्थान बस्ने उद्योगका प्रोपाईटर वर्ष ४८ को राकेश अग्रवाल तथा काठमाडौं –१६ नयाँबजार बस्ने लामा समिप ईण्टरप्राईजेज प्रालिका सञ्चालक सुर्य बहादुर तामाङको छोरा वर्ष ४२ को सुमन लामा रहेका छन् । प्रहरीका अनुसार लामा पहिला पनि हानिकारक रसायन प्रयोग गरी सेनिटाइजार उत्पादन गरेको अभियोगमा औषधी व्यवस्था विभागले कारबाहीको प्रक्रियामा रहेका व्यक्ति भएको पनि खुलेको छ ।



    प्रहरीले उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक कम्पनी लिमिटेड बालाजुबाट IPA रसायन भएको २०० लिटर ड्रम ८ थान, Sanitizer बनाउने रसायन २०० लि.ड्रम ७ थान, PG, LLP, Glycine रहेको २०० लि.को ड्रम ५ थान, ५०० मि.लि.भएको Sanitizer १२७ कार्टुन, १०० मि.लि.भएको Sanitizer ३५ कार्टुन, ५ लि.भएको Sanitizer ४० कार्टुन, १ लि.को भएको Sanitizer २ कार्टुन, Numex G 555 लेखेको मूल्य तथा मिति लेवलिङ गर्न प्रयोग गर्ने मेसिन थान-३, कमल अग्रवालको नाममा दर्ता भएको उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगको स्थाई लेखा नम्बर (PAN) दर्ता नं.५००००९०८६ दर्ता प्रमाण-पत्र तथा उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक कम्पनी लिमिटेडको चागल स्वयम्भुबाट १०० मि.लि.भएको Sanitizer ७८ कार्टुन, ५०० मि.लि.भएको Sanitizer २२ कार्टुन, ५ लि.भएको Sanitizer २१ कार्टुन, १०० मि.लि.भएको Sanitizer ५८ किरेट (तरकारी, फलफुल राख्ने)बरामद गरेको छ ।



    त्यसैगरी प्रहरीले विना ईजाजत सेनिटाइजर उत्पादन गर्दै आएको लामा समिप इन्टरप्राइजेज ठमेलबाट २९५ ग्यालिन ९५ लि।० गरि जम्मा १४७५ लिटर सेनिटाइजर बरामद गरेको जनाएको छ । पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार