Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विष बन्न थाल्यो सेनिटाइजर, विराटनगरमा दुई जनाको मृत्यु

    विष बन्न थाल्यो सेनिटाइजर, विराटनगरमा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    मोरङ। सेनिटाइजर सेवनका कारण विराटनगरमा एकैदिन दुईजनाको मृत्यु भएको छ ।

    सोमबार कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।



    श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।



    यस्तै, झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइनमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको पनि मृत्यु भएको छ ।

    प्रहरीका अनुसार गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार