Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

    मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 288
    SHARES

    फाइल तस्विर

    झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका छन् । संघीय खानेपानी मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा बाहुनडाँगी, धुलाबारी र चारआलीमा आयोजना पूरा भएका हुन् ।

    मेचीनगरको समेत लगानी रहेको खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बनेका ती आयोजनामा १५ करोड ५७ लाख ३८ हजार ६७७ खर्च भएको छ ।



    काँकडभिट्टा खानेपानी आयोजनामार्फत मेचीनगर–४ बाहुनडाँगीमा निर्माण सम्पन्न भएको संरचना बिहीबारदेखि सञ्चालनमा आएको छभने बाँकी दुईवटा आयोजना पनि शीघ्र सञ्चालन हुने मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष राजकुमार पराजुलीले बताए ।



    अध्यक्ष पराजुलीका अनुसार बाहुनडाँगीमा रु. छ करोड ३८ लाख ४१२, धुलाबारीमा चार करोड ८० लाख ७६ हजार २१० र चारआलीमा चार करोड ३८ लाख ४९ लाख ५५ को लागतमा आयोजना निर्माण गरिएको हो ।

    आयोजनाका लागि बाहुनडाँगीमा स्थानीय अम्बिका कार्की र टेकबहादुर कार्कीले दुई कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

    उक्त जग्गा पर्याप्त नभएपछि थप दुई कठ्ठा खरिद गरेर ओभरहेड ट्यांकी, फिल्टर, कार्यालयलगायत संरचना बनाइएको छ । बाहुनडाँगी खानेपानी आयोजनाबाट मेचीनगर नगरपालिकाका वडा नम्बर २, ३ र ४ का एक हजार नौ सय परिवारलाई स्वच्छ खाने पानी प्राप्त हुनेछ । रासस

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार