Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • न्यारो बडीबाट आइतबारदेखि नियमित उडान

    न्यारो बडीबाट आइतबारदेखि नियमित उडान

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 582
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । पार्किङ ब्रेकमा समस्या देखिएपछि इजरायलमै रोकिएको नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज शनिबार नेपाल आइपुग्ने भएको छ ।

    इन्जिन मर्मतका लागि इजरायल पुगेको जहाज यसअघि सोमबार नेपाल आइपुग्ने उडान तालिका रहेको थियो ।



    निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले इन्जिन मर्मतपछि नेपाल आउन ठिक्क परेको जहाजको पार्किङ ब्रेकमा देखिएको समस्या समाधान भइरहेको र आइतबारदेखि नियमित उडान हुने एक साता ढिलो गरी नेपाल आउन लागेको जानकारी दिए ।



    उनल भने, “इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई) ले वैशाख १० मा जहाजको इन्जिन मर्मत गरेर हस्तान्तरण गरिसकेको छ । नेपाल आउन ठिक्क परेको जहाजको पार्किङ ब्रेकमा समस्या देखिएपछि पूर्वतालिका अनुसार जहाज नेपाल आउन सकेन । अब शनिबारसम्म जहाज नेपाल आइपुग्छ ।”

    प्रवक्ता पुनका अनुसार इजरायलबाट दुबई हुँदै नेपाल जहाजले दुबईबाट यात्रुसहित व्यावसायिक उडान गरेर नेपाल आउने छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार