Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि

    वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 810
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । निगमले गएका ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको हो ।

    महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष २०७७–७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ रहेको थियो । आव २०७८–७९ मा बढेर १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ पुगेको थियो ।



    त्यसैगरी आव २०७९–८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ देखिएको निगमका प्रवक्ता रमेश पौडेलले मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ ।



    ‘यसरी हेर्दा निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार