Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई दुर्गा प्रसाईंको धम्की

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिने झापास्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई धम्की दिएका छन् ।

गत हप्ता डा केसीले काठमाडौं विश्वविद्यालयले गलत तरिकाले बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै जारी गरेको विज्ञप्तिलाई सुवेदीले प्रचारप्रसार गरेको भन्दै व्यवसायी प्रसाईले धम्की दिएको सुबेदीले बताए ।

प्रसाईंले सुवेदीलाई फोन गरेर भौतिक आक्रमण गर्ने धम्की दिँदै ‘तँलाई भेटे भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु,’ सुवेदीका परिवारका सदस्यहरु (आमा, बुवा र बहिनी) लाई समेत जोडेर ‘डाँका’ भन्दै गालीगलौच गरेको सुबेदीको भनाइ छ।

सुबेदका अनुसार बिज्ञप्ति निकालेकै दिन प्रसाईंले धम्की दिँदै तँ कहाँ छस् ? त्यहीँ आउँछु भनेका थिए ।

प्रसाईले संचालन गरेको बीएन्डसीलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा नियमविपरीत सम्बन्धन दिने चलखेल भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077