Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कोरोना संक्रमणबाट एकेडेमीमा कार्यरत डीएसपी खरेलको मृत्यु

काठमाडौँ। कोरोना भाइरस संक्रमणका कारण नेपाल प्रहरीका एक प्रहरी नायव उपरीक्षक (डीएसपी)को मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपाल प्रहरीकै एकेडेमीमा कार्यरत डीएसपी समीर चन्द्र खरेल रहेका छन्।

केही दिनअघि संक्रमण पुष्टि भएपछि प्रहरी अस्पताल महाराजगञ्जमा उपचार गराईरहेका खरेललाई स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टीलेटरमा राखेर उपचार गरिएकोमा सोमबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ।

यसअघि प्रहरी अस्पतालमै जेठ ६ गते राति महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको पनि मृत्यु भएको थियो । गत वैशाख २२ गते संक्रमण भएपछि केसीलाई सोही अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077